१८ जना संक्रमित थपिए, १४ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेका १८ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, यहाँका तीन वटा ल्याबमा ८७ जनाको परीक्षण गर्दा १८ जनालाई कोरोना देखिएको हो । थपिएका १८ जनामध्ये ६ जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा ५० जनामा ८ जना, कोहलपुर मेडिकल कलेजमा २५ जनामा ९ जना र बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या एक ४१ जनामा झरेको छ । २७ जनाको अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार १४ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !