नेपालगञ्जमा हात्तीपाइलेको रिप्रिटास सर्भे हुने

नेपालगञ्ज – राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धी रिप्रिटास सर्भे नेपालगञ्जमा पनि हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ४ सल्यानीबागलाई केन्द्र बनाएर नजिकैका ३ स्थानमा गरिने सर्भेक्षणमा तीन सय जनाको रक्त नमूना संकलन गरिने भएको छ ।
५ बर्ष भन्दा माथिका ब्यक्तिमा हात्तीपाइले रोग भएन भएको यकिन गर्न र आम औषधी सेवन कार्यक्रमको प्रभावकारिताका लागि सर्भे गर्न लागिएको हो । बाँकेमा ११ औं पटक आम औषधी कार्यक्रम संचालन भएपनि कार्यक्रम सफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका बरिष्ठ स्वास्थ्य प्रशासक युवराज पोखरेल र भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेल सहितको टोलीले सोमबार नेपालगञ्ज उपमहानगरपालिकामा अन्तरक्रिया गरेको छ । कार्यक्रममा नगर प्रमुख डा. धवलशमशेर राणा, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लगायतले आवश्यक सहयोग गर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !