विविध सुविधा रहेको ब्याट्रीबाट चल्ने स्कुटी बजारमा

नेपालगञ्ज – ब्याट्रीबाट चल्ने स्कुटी चढ्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आजै सम्पर्क गरिहाल्नुस्, डीबी पावर इण्डष्ट्रिज प्रालि, पासाङल्हामुमार्ग नेपालगञ्जमा । एक पटक ब्याट्री चार्ज गरेपछि ८० किलोमिटर चल्ने, एक वर्ष ब्याट्रीको ग्यारेन्टी र ब्लुबुकसमेत उपलब्ध भएको ब्याट्रीबाट चल्ने स्कुटीको बिक्री शुरु भएको छ ।
ओपाई कम्पनीको स्कुटीमा ७२ भोल्टको ब्याट्री र पन्ध्र सय वाटको मोटर रहेको छ । यो स्कुटीको अर्को विशेषता भनेको रिमोट लकको व्यवस्था रहेको छ । रिमोट लक भएकाले चोरी हुने डरबाट मुक्त हुन सकिन्छ ।
नेपालगञ्जमा सो रुम रहेको डीबी पावर इण्डष्ट्रिज प्रालिको बर्दियाको भुरीगाउँमा शाखा रहेको छ । डीबी पावर इण्डष्ट्रिज प्रालिका सञ्चालक विकास कर्माचार्यले चाइनाबाट ल्याइने ओपाई कम्पनीको स्कुटीलाई एक लाख ७० हजारदेखि एक लाख ८० हजार रुपैयासम्म पर्ने जानकारी दिनुभयो । दिन प्रति दिन पेट्रोलको मूल्य बढिरहेको बेलामा एकपटक चार्ज गर्दा ८० किलोमिटर चल्ने र विविध सुविधा भएको स्कुटीले बजार लिने सञ्चालक कर्माचार्यको विश्वास रहेको छ । डीबी पावर इण्डष्ट्रिज प्रालिले अटो रिक्सा पनि बिक्री गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !