ब्राउनसुगर, तराजु, पैसासहित चार पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो मात्रामा लागु औषधी र पैसासहित चार जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको गगनगञ्जमा रहेको ब्राउनसुगरको डिलरलाई प्रहरीले ध्वस्त बनाएको छ ।
बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७, गगनगञ्जको दुई ठाउँबाट ३६ ग्राम ब्राउनसुगर, तराजु, एक लाख ६२ हजार तीन सयसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।
आदित्य श्रेष्ठको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । लागु औषधी नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय, नेपालगञ्जको टोलीले श्रेष्ठको घरमा पुगेर खानतलासी गर्दा ३० ग्राम ब्राउनसुगर, तौल गर्ने तराजु र नगद दश हजार बरामद गरेको थियो । सोही घरको कोठामा आदित्यसँगै रहेका अंकित श्रेष्ठ र सुर्खेतका गणेश भण्डारीलाई जाँच जर्दा एक लाख ३४ हजार बरामद भएको थियो ।
प्रहरीले श्रेष्ठले थोक बिक्रेता भएको दावी गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिले श्रेष्ठ ‘डिलर’ रहेको सूचना दिएका थिए । त्यही सूचनाका आधारमा प्रहरी टोली श्रेष्ठको घरमा पुगेको थियो । ब्राउनसुगर तौलिने तराजुसमेत रहेकाले श्रेष्ठ बिक्रेता नै भएको प्रहरी प्रवक्ता न्यौपानेको दावी छ ।
बाँके प्रहरीले बिहीबार नै गगनगञ्जस्थित शुभम मानन्धरको घरबाट नौ वटा पुडिया बनाइ राखेको ६ ग्राम ब्राउनसुगर, तौलिने तराजु, नगद १८ हजार तीन सय र प्लाष्टिकको रोल बरामद गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !