मोटरसाइकल दुर्घटनामा थारुको मृत्यु, प्रहरी जवानलाई दूध बोक्ने गाडीको ठक्कर

नेपालगञ्ज – मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका प्रशान्त थारुको आज विहान मृत्यु भएको छ ।
गएराती ९.५० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत परुवा खोला नजिक दुर्घटनामा परेर गम्भीर घाइते भएका थारुको नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा विहान ९.१० बजे मृत्यु भएको हो । थारु लु ७६ प ९०९१ नम्बरको मोटरसाइकलमा बैजापुरबाट नेपालगञ्जतर्फ आइरहेका थिए ।
यस्तै, विहान दूध बोक्ने गाडीले प्रहरी जवानलाई ठक्कर दिएको छ । नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान सुरेन्द्र बुढालाई नेपालगञ्जदेखि कोहलपुरतर्फ गइरहेको भे १ प ३६२७ नम्बरको गाडीले ठक्कर दिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । तालिमे प्रहरीसँगै दौडिरहेको बेलामा प्रहरी जवान बुढालाई गाडीले ठक्कर दिएको प्रहरीले बताएको छ । उनको नर्सिङहोममा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !