४३ जना संक्रमित, ८९ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा ४३ जनालाई कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, यहाँका तीन वटा ल्याबमा ९६ जनाको परीक्षण गर्दा ४३ जनालाई कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ५१ जनामा ३०, कोहलपुर मेडिकल कलेजमा ३४ मा १० जना र बागेश्वरी ल्याबमा ११ जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना देखिएको छ । कोरोना देखिएका ४३ जनामा २५ जना बाँके जिल्ला निवासी रहेका छन् ।
बाँकेमा सक्रिय संक्रमितको संख ४ सय ९७ जनामा झरेको छ । अस्पतालमा दुई जना सिकिस्त, ३२ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार ८९ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !