खोप नलगाएका व्यक्तिको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना खोप नलगाएका एक जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, रुकुम पश्चिम आठबीस नगरपालिका वडा नं. ६ का ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । माघ १५ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई १६ गते भर्ना गरिएको थियो । १७ गते विहान ३ बजे उनको मृत्यु भएको छ ।
मृतकले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । पछिल्लो समयमा कोरोनाबाट मृत्यु भएका धेरैजसोले कोरोनाविरुद्धको खोप लगाएको पाइएको छैन ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय ४१ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !