काँग्रेस बाँकेले रक्तदान गर्ने
नेपालगन्ज – गणतन्त्र दिवस २०८२ का अवसरमा नेपाली काँग्रेस, बाँकेले रक्तदान गर्ने भएकाे छ ।
पार्टी सभापति नारायाण गौडेलका अनुसार, बिहीबार नेपाली काँग्रेसले रक्तदान गर्ने भएकाे हाे ।
उक्त दिन नेपालगन्जकाे भेरी अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा सभापति गौडेलसहित पार्टीका अन्य नेता कार्यकर्ताहरुले रक्तदान गर्नुहुनेछ ।
यसैबीच, नेपाली काँग्रेसका महामन्त्री गगन थापा नेपालगन्ज भएका छन् । यही जेठ २० गते नेपालगन्जमा हुने नेपाली काँग्रेस, बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथि वक्ताका रुपमा सहभागी हुन थापा आउन थालेकाे क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताउनुभयो ।
सम्मेलनमा महामन्त्री थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेतागणहरु पनि सहभागी हुने बताइएको छ ।
क्षेत्रीय सभापति गुप्ताका अनुसार क्षेत्रीय सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । सम्मेलनको बन्दसत्रमा ४७० जना प्रतिनिधिको सहभागिता रहने छ भने उद्घाटन सत्रमा करिब एक हजार बढीको सहभागिता हुनेछ ।