प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियाेगिता सुरु


नेपालगन्ज – नेपालगनजमा प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पूर्व खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार नेपालगन्जका मेयर प्रशान्त बिष्टले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे ।
साे अवसरमा मेयर बिष्टले नेपालगन्जको खेल क्षेत्रको बिकासमा पालिका सधैं साथमा रहेको बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको शीर उचो पार्ने माध्यम खेल नै भएको जिकिर गर्दै मेयर बिष्टले खेलकुदको बिकासमा गैर सरकारी र निजी क्षेत्रले पनि हातेमालो गर्नु पर्ने बताए । खेलाडी उत्पादन गर्ने प्रमुख थलो बिद्यालय भएकोले विद्यालय स्तरबाटै खेलकुदमा लगानी लगाउन आफ्नो पालिकाले प्रयास गरिरहेको उनको भनाई थियो।
समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले खेलकुदमा योगदान दिएका पूर्व खेलाडीलाई एकीकृत गर्दै खेलक्षेत्रको सम्बर्द्धन र बिकास गर्ने उद्देश्यले गतबर्ष पुसमा पूर्व खेलाडी समाज बाँके गठन गरिएको बताए । उनले आगामी दिनमा समाजले आफ्ना कार्यक्रम थप क्रियाशील बनाउदै लैजाने प्रतिबद्धता समेत जनाए । प्रतियोगितामा ब्वाईज अण्डर-15 ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको प्राविधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिए। उनले शुक्रबार नै क्वार्टर फाइनलका सम्पूर्ण खेलहरु सम्पन्न हुने तथा सेमिफाइनल र फाइनल खेल शनिबार हुने बताए । अण्डर-15 तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमश: नगद १० हजार, ५ हजार र २५/२५ सय प्राप्त गर्ने त्यसै गरि मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमश: नगद २० हजार, १० हजार र ५/५ हजार प्राप्त गर्ने महासचिव जयन्त शर्माले जानकारी दिए । यसअघि समाजका उपाध्यक्ष शान्ती सिंहले स्वागत गरेकाे उद्घाटन समारोहमा सशस्त्र प्रहरी उपरीक्षक दिपक चन्द, क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रथम नेपाली महिला ओलम्पियन पार्बती थापा, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाटलगायतको उपस्थिति रहेको थियो।


error: यो सुविधा उपलब्ध छैन !