उपाध्यक्षले गेटमा ताला लगाइदिएपछि…
बैजनाथ – बाँकेकाे बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला राेकायले करिव चार घण्टा कर्मचारीलाई बाहिर राखेकी छन् ।
कार्यालय समयमा अाउन पटक-पटक अाग्रह गरेपनि कर्मचारी समयमा नअाएपछि अाज उपाध्यक्ष राेकायले १०.१७ बजे कार्यालयकाे मुख्यढाेकाकाे च्यानलगेटमा ताला लगाइदिएकी थिइन् । जसले गर्दा ढिलाे अाएका कर्मचारी २ बजेसम्म बाहिर बसेका थिए ।
उपाध्यक्ष राेकायले पटक-पटक सम्झाउदा पनि कर्मचारी समयमा कार्यालय नअाएपछि गेटमा ताला लगाएकाे बताइन् । कर्मचारीले समयमा अाउने प्रतिबद्धता गरेपछि दिउँसाे २ बजे ताला खुलेकाे छ ।