भेरी अस्पतालमा छुट्टै जलन वार्ड


नेपालगन्ज – नेपालगन्जकाे भेरी अस्पतालमा जलेका विरामीका लागि जलन वार्ड सञ्चालनमा ल्याइएकाे छ ।
जलेका विरामीलाई सामान्य उपचार गरेर काठमाडाैं पठाउँदै अाएकाे भेरीले अब यही उपचार गर्ने गरि जनशक्ति र छुट्टै वार्ड सञ्चालनमा ल्याएकाे छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले ६ शैयाकाे जलन वार्ड सञ्चालनमा ल्याएकाे बताए । उनका अनुसार, भेरीले अर्थाेपेडिक पाेष्ट अपरेटिभ वार्ड, जनरल पाेष्ट अपरेटिभ वार्ड, सर्जिकल र मेडिकल अाइसियू, सर्जिकल वार्ड, इएन्टी र युराे वार्ड, पाेष्ट ट्रान्सप्लान्ट अाइसियूलगायतका छुट्टै थप वार्ड सञ्चालन गरेर सुविधा बढाएकाे छ ।
भेरीले सिकलसेल तथा थालसेमिया विरामीका लागि संक्रमण राेगबाट बचाउन निशुल्क खाेप दिने भएकाे छ । भारत सरकारले उक्त खाेप सहयाेग गरेकाे छ । थारु समुदायमा धेरै देखिएकाे सिकलसेल जनस्वास्थ्य समस्याकाे रुपमा देखा परेकाे छ ।
भेरीले थप गरेका वार्ड तथा खाेपकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले उद्घाटन तथा हस्तान्तरण गरे । साे अवसरमा मन्त्री पाैडेलले जनस्वास्थ्य सेवा एेन प्रस्ताव गरेकाे बताए । उनले अब लाेकसेवामार्फत अस्पताल ताेकेरै विज्ञापन गर्ने जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पतालकाे सेवा र समस्याकाे बारेमा अवगत गराएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !