एमाले महासचिवका देश बनाउने तीन सूत्र


नेपालगन्ज – नेकपा एमालेका महासचिव शंकर पाेखरेलले देश बनाउनका लागि दूरदर्शी नेतृत्व, जनतासँग भिजेका कार्यकर्ता भएकाे दल र राजनीतिक स्थायित्व हुनु पर्ने बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनकाे साताैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन गर्दै महासचिव पाेखरेलले देश बनाउने हाे भने ०८४ मा एमालेलाई बलियाे बनाउनु पर्ने बताए ।
उनले हरेक दुई महिनामा सरकार परिवर्तन हुने हल्ला चलाउने गरेकाे र त्यसलाई चिर्न सरकारले स्थायीत्वकाे भाषण गर्नु परेकाे बताए ।
महासचिव पाेखरेलले अस्थिरताले देश बन्न नसकेकाे बताउँदै ०८४ मा कमजाेरलाई नभई बलियाे पार्टीलाई बहुमत दिन अाग्रह गरे । उनले प्रचण्डकाे नाम‌ै लिएर अस्थिर चरित्रकाे नेता भने ।
संगठनका अध्यक्ष सेराज अहमद फारुकीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्याल, माेर्चा विभाग प्रमुख भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण अाचार्य, केन्द्रीय सदस्य माे. हारुण, बाँके इन्चार्ज शान्ति ढकाल, जिल्ला अध्यक्ष निरक गुरुङलगायतले एमालेमा मुस्लिम समुदायकाे सहभागिताकाे चर्चा गरेका थिए । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !