वैकुण्ठधाम सिधनियाघाटकाे प्रथम साधारण सभा
नेपालगन्ज – राप्ती नदी तटमा आधुनिक दाहसंस्कारस्थल (वैकुण्ठधाम) बनाउन गठन गरिएकाे वैकुण्ठधाम सिधनियाघाट संस्थाकाे प्रथम साधारण सभा भएकाे छ ।
साधारण सभाकाे सन्तानेश्वर मन्दिरका महन्त याेगानन्द गिरीले उद्घाटन गरे । साभारण सभामा सचिव विकास आचार्य र काेषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सचिव र काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साँसद, नेतालगायत विभिन्न क्षेत्रका मानिसले शुभकामना दिएकाे साधारण सभामा यज्ञान्त स्मारिका विमाेचन गरिएकाे थियाे । यज्ञान्तकाे सम्पादकमा झलक गैरे, सहसम्पादकमा कुमार श्रेष्ठ र भाषा सम्पादकमा डा. हरि तिमिल्सेना थिए । यसमा वैकुण्ठधामकाे सुरुवाती छलफलदेखि अार्थिक संकलन गर्न कात्तिक २२ देखि ३० गतेसम्म लगाइएकाे अाध्यात्मिक महाेत्सव र सहयाेग गर्ने दाताकाे चिनारी समावेश गरिएकाे छ ।
साधारण सभाले ९ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसमा डा. सुरेशकुमार कानाेडिया, डा. बद्री चापागाईँ, डा. केदार अग्रवाल, कमल कार्की, शशी स्वाँर, कृष्णप्रसाद श्रेष्ठ, उमा थापा, श्रीराम सिग्देल र राकेश मिश्र रहेका छन् । यही समितिले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, काेषाध्यक्ष चयन गर्नेछ । डा. कानाेडिया अध्यक्ष हुने पक्का रहेकाे छ ।
सिधनियाघाटमा अाधुनिक दाहसंस्कारस्थलदेखि १३ दिने कर्मकाण्ड नै गर्न मिल्ने संरचना गराउने संस्थाकाे उद्देश्य रहेकाे छ ।