विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि र स्वास्थ्य जाँच


नेपालगन्ज – नेपाल पत्रकार महासंघ, बाँकेले विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा प्रभातफेरि र पत्रकारकाे स्वास्थ्य जाँच गरेकाे छ ।
सहिद सेतुविकचाेकबाट सुरु गरिएकाे प्रभातफेरि बसपार्कस्थित महासंघकाे कार्यालयमा पुगेर समापन भएकाे थियाे । प्रभातफेरिमा महासंघका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्षहरु निरज गाैतम, प्रेम केसी, झलक गैरे, केन्द्रीय पार्षद कुमार श्रेष्ठलगायतकाे उपस्थिति थियाे ।
दिवसकाे अवसरमा महासंघले पत्रकारको स्वास्थ्य परीक्षण गरेकाे थियाे ।
नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गरिएकाे थियाे । शिविरमा पत्रकारको प्रेसर, सुगर र मृर्गाैला जाँच गरिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !