गाडेकाे अवस्थामा बालककाे शव फेला
नेपालगन्ज – बाँकेकाे बैजनाथ गाउँपालिका वडा नम्बर ४, नउलापुरमा करिव दश वर्षकाे बालककाे शव फेला परेकाे छ ।
खेतमा गाडेकाे अवस्थामा बालक कुशल बुढाकाे शव फेला परेकाे हाे । बालक काेहलपुरमा डेरा गरि बस्ने यशाेदा बुढाकाे छाेरा भएकाे पुष्टि भएकाे छ ।
काेहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल ८ गतेदेखि हराएकाे भन्दै अामा यशाेधाले ९ गते इलाका प्रहरी कार्यालय, काेहलपुरमा निवेदन दिएकी थिइन् ।
कुशलकाे शवलाई सानाे खाल्टाे खनेर गाडिएकाे थियाे । बाख्रा चराउन गएका मान्छेले मान्छेकाे खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेकाे थियाे । शव भन्दा केही पर परालले छाेपेकाे अवस्था साइकल र कुशलकाे टिसर्ट गाडिएकाे थियाे ।
प्रहरीका अनुसार, कुशलका बुबाकाे केही वर्ष पहिला नै मृत्यु भएकाे थियाे । अामाले निरकनाथ याेगीसँग दाेस्राे विवाह गरेकी छन् । काेहलपुरमा डेरा गरि सबैसँगै बस्थे ।
प्रहरीले घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जनाउँदै अनुसन्धानका लागि अामा र साैतेनी बुबालाई नियन्त्रणमा लिएकाे छ । बालककाे शव नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएकाे छ ।