ब्राउनसुगरसहित पुष्पा पक्राउ
नेपालगन्ज – बाँके प्रहरीले ठूलाे मात्रामा ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेकाे छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउदै गरेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ कि ३४ वर्षीया पुष्पा लाेनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउनसुगरिहित पक्राउ गरेकाे हाे ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, पुष्पालाई शंका लागेर जाँच गर्दा उनले बाेकेकाे झाेलामा ब्राउनसुगर फेला परेकाे हाे ।
लागु अाैषधिका काराेबारीले महिलालाई भरिया बनाएकाे पाइन्छ । पुष्पाकाे हकमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।