भारतसँग दस अर्बका लागि लबिङ गर्न प्रचण्डकाे आग्रह


नेपालगन्ज – माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्ती नदीमा तटबन्ध बनाउनका लागि भारतले दिने भनेकाे दस खर्ब रुपैयाँ ल्याउनका लागि लबिङ गर्न सरकारलाई आग्रह गरेका छन् ।
जनतासँग माओबादी तराई मधेस जागरण अभियानअन्तर्गत बाँकेकाे फत्तेपुरमा आयाेजित बृहत् जनसभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले सम्झाैता गरेकाे रकम भारतले नदिए सरकारले त्यसबराबरकाे रकम व्यवस्था गर्न आग्रह गरे ।
राप्ती नदीकाे बाँके खण्डमा नदीकाे दुवैतिर पक्की तटबन्ध बनाउनका लागि भारतले दस अर्व रुपैयाँ दिने भनेपनि अझै दिएकाे छैन । सरकारले आफ्नाे स्राेतले तटबन्धकाे काम गरिरहेपनि छिटाे काम भइरहेकाे छैन । स्थानीयवासीले तत्काल तटबन्ध नबनाए ठूलाे धनजनकाे क्षति हुन सक्ने जानकारी गराएपछि प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले छिटाे तटबन्ध बनाउन सरकारलाई सदनबाट दबाब दिने बताए । तटबन्ध बनाउन तत्काल ५० कराेड रुपैयाँ चाहिने बताइएकाे छ ।
प्रचण्डले जनताकाे घरदैलाेमा गएर जनतासँग क्षमा माग्न कार्यकर्तालाई निर्देशन दिए । उनले ०८४ मा माअाेबादी अाएमात्रै देशकाे बिकास हुने बताए ।
प्रचण्डले जनसभा अघि राप्ती नदीले कटान गरेकाे ठाउँकाे अवलाेकन गरेका थिए भने राप्तीसाेनारी वडा नम्बर ६ मा बनाइएकाे सहिद पार्ककाे शिलान्यास गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !