भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी, करिव ४ करोडको क्षति


नेपालगन्ज – भेरी अस्पताल, नेपालगन्जको मेडिकल स्टोरमा आगलागी भएको छ ।
स्टोरमा राखिएको फ्रिजको तार सट भएर आगलागी भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार, आगलागीबाट ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायत ठाउँमा आगलागी हुँदा अस्पतालमा दैनिक प्रयोग हुने औषधी तथा क्याथल्यावमा प्रयोग हुने सामाग्री जलेर नष्ट भएको छ ।
आगलागीले गर्दा अस्पतालले ओपिडी सेवा १४ र १५ गते बन्द गर्ने निर्णय गरेको छ । अस्पताल विकास समितिको आकस्मिक बैठकले अस्पताल व्यवस्थापन समितिका सदस्य डक्टप्रसाद धितालको संयोजकत्वमा ५ सदस्यीय छानबिन तथा क्षति अनुसन्धान समिति गठन गरिएको छ ।
अस्पतालले बीमाको १६ करोड रुपैयाँ लिन बाँकी रहेको छ । उसले १२ करोड रुपैया तिर्न बाँकी रहेको छ । अस्पताल प्रशासनले फेरि औषधी उधारो माग्दा पुरानो रकम नतिरेकाले औषधी नदिने हो कि भन्ने चिन्ता गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !