एपीएफ च्याम्पियन
नेपालगन्ज – नेपालगन्जमा जारी लुम्बिनी कप महिला फुटबल प्रतियाेगिताकाे उपाधि सशस्त्र प्रहरीकाे एपीएफ क्लवले जितेकाे छ ।
नेपाल पुलिस क्लवलाई अतिरिक्त समयमा गाेल गर्दै एपीएफले उपाधि जितेकाे हाे । एपीएफकाे जितमा गीता राना नायक बनिन् । गीताले कर्नर बललाई हेड गाेल गरेकी थिइन् ।
उपाधि जितेसँगै एपीएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएकाे छ । द्वितीय पुलिसले २ लाख ५० हजार पुरस्कार पायाे ।
प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी एपीएफकी अनिता बस्नेत भइन् । उनले २५ हजार पुरस्कार पाइन् । विधागत उत्कृष्टमा गाेलकिपर पुलिसकी उषा नाथ, रक्षकमा एपीएफकी गीता राना, मिडफिल्डमा एपीएफकी सरु लिम्बू, उत्कृष्ट फरवार्डमा एपीएफकी अनिता केसीले पुरस्कार पाइन् ।
विजेता, उपविजेता टीम र खेलाडीलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनालगायतले पुरस्कार वितरण गरे ।
बाँके जिल्ला फुटबल संघकाे समन्वयमा अन्तरालले अायाेजना गरेकाे लुम्बिनी कपमा ८ वटा टीम सहभागी थिए ।