लुम्बिनी कप महिला फुटबल : एपीएफ फाइनलमा

नेपालगन्ज – नेपालगन्जमा जारी लुम्बिनी कप महिला फुटबल प्रतियाेगितामा सशस्त्र प्रहरीकाे एपीएफ क्लव फाइनलमा प्रवेश गरेकाे छ ।
राैतहट जिल्ला फुटबल संघकाे टीमलाई ३-० गाेलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेकाे हाे । एपीएफका लागि अनिता केसी, निशा थाेकर र सबिता रानामगरले एक/एक गाेल गरे ।
एपीएफले उपाधिका लागि पुलिस क्लवसँग खेल्ने छ ।
राष्ट्रिय खेलाडीले भरिएकाे एपीएफलाई गाेलकाे खाता खाेल्न गाह्राे भएकाे थियाे । दाेस्राे हाफमा अनिताले दुई रक्षकलाई जिल्याउँदै गाेल गरेपछि एपीएफ हावी भएकाे थियाे ।
५ लाख ५ हजार ५ सय ५५ रुपैयाँकाे पुरस्कार रहेकाे लुम्बिनी कपकाे फाइनल शुक्रबार हुने अायाेजक अन्तरालले जानकारी दिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !