बसकाे ठक्करबाट माेटरसाइकलमा सवार सुवेदीकाे मृत्यु


नेपालगन्ज – बाँकेकाे कुसुममा बसकाे ठक्करबाट माेटरसाइकलमा सवार एक जनाकाे मृत्यु भएकाे छ । घटनापछि पूर्वपश्चिम राजमार्ग बन्द गरिएकाे छ ।
धनगढीबाट पूर्वतर्फ जाँदै गरेकाे बा. प्र. ०१ – ६ क ३५९३ नम्बरकाे बसले भे ९ प ६४२८ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकलमा पछाडि बसेका राप्तीसाेनारी-९, ढकेरीका सुदिप सुवेदी (सुकदेव) काे मृत्यु भएकाे हाे । माेटरसाइकल चालक हिरासिंह वली घाइते भएका छन् । उनकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।
११.४० बजे दुर्घटना भएकाे थियाे । अाफन्ती तथा स्थानीयले २.३० बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राप्तीसाेनारी गाउँपालिका वडा नम्बर १, कुसुममा घटना भएकाे थियाे । त्यही नै बसेर स्थानीयले बाटाे अवरुद्ध गरेकाे बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !