हिन्दु राज्यका लागि माेटरसाइकल र्याली हुँदै


नेपालगन्ज – हिन्दु अधिराज्यका लागि नेपालगन्जमा माेटरसाइकल र्यालीकाे तयारी गरिएकाे छ ।
राप्रपा, राप्रपा नेपाल, शिव सेना, विश्व हिन्दु महासंघलगायत हिन्दु राज्य चाहने पार्टी, संघसंस्थाकाे अगुवाईमा फाल्गुन १९ गते नेपालगन्जमा माेटरसाइकल र्याली हुने भएकाे हाे ।
माेटरसाइकल र्यालीमार्फत जनतालाई जुरुक्क उठाउने र जगाउने सम्बद्वकाे भनाई रहेकाे छ ।
अहिलेकाे व्यवस्था र अवस्था बदल्नका लागि सातै प्रदेशमा माेटरसाइकल र्याली र अाम सभा भइरहेकाे राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकाेटाले जानकारी दिए ।
सबै ठाउंमा यस्ता कार्यक्रम सकेपछि चैत्र दाेस्राे हप्ता काठमाडाैमा ठूलाे प्रदर्शन गर्ने तयारी भएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !