जयेन्दु बाल सुधार गृहमा झडप


नेपालगन्ज – बांकेकाे डुडुवा गाउंपालिकामा रहेकाे जयेन्दु बाल सुधार गृहमा फेरि झडप भएकाे छ ।
राती सवा सात बजे खाना खाने क्रममा विवाद भएपछि दुई पक्षकाे बीचमा झडप भएकाे थियाे । झडपपछि ५० बढी बाल बन्दी भागेका थिए । ठूलाे संख्यामा परिचालित प्रहरीले धेरैलाई नियन्त्रणमा लिएकाे छ ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले अाठ जना नियन्त्रण बाहिर रहेकाे जानकारी दिए । ´झडप भएपछि धेरै जना बाहिर निस्केका थिए, हामीले नियन्त्रणमा लिएका छाै, प्रवक्ता डांगीले भने, अाठ जना सम्पर्क बाहिर छन् । उनीहरुकाे खाेजी भइरहेकाे छ ।`
प्रहरीले शुरुमा झगडा गर्ने अाठ जनालाई जिल्ला प्रहरी कार्यालय ल्याएकाे छ । याे काल सुधार गृहमा यसअघि पनि पटक पटक झडप भएकाे थियाे । बाल सुधार गृहमा अहिले २ सय ७२ जना बा बन्दी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !