चट्याङ लागेर मृत्यु
नेपालगन्ज – बांकेमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
हावाहुरीसंगै अाएकाे वर्षाकाे क्रममा चट्याङ लाग्दा राप्तीसाेनारी गाउंपालिका वडा नम्वर ८ स्थित घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएकी ४० वर्षीया पुतला खत्रीकाे मृत्यु भएकाे हाे । अन्य दुई जना सामान्य घाइते भएका छन् । चट्याङले तीन वटा बाख्रा मरेकाे छ ।
अाज अपरान्ह ५ बजेतिर बांकेमा हावाहुरी, पानीसंगै चट्याङ परेकाे थियाे ।