पूर्वराजाले गरे बागेश्वरीकाे दर्शन


नेपालगन्ज – पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यले बागेश्वरी मन्दिरकाे दर्शन गरेका छन् ।
एक हप्तादेखि नेपालगन्जमा बसिरहेका पूर्वराजा शाहले अाज बिहान पश्चिम नेपालकै प्रसिद्ध नेपालगन्जकाे बागेश्वरी मन्दिरकाे दर्शन गरेका हुन् ।
पूर्वराजासंगै पारस, शिताष्मा र प्रेरणाले बागेश्वरीकाे दर्शन गरेका छन् ।
पूर्वराजा चैत्र २१ गतेदेखि नेपालगन्जमा बसिरहेका छन् । चैत्र २४ गते कर्णाली प्रदेशकाे जुम्ला जिल्लामा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए । पूर्वराजा अन्य कार्यक्रममा सहभागी भएका छैनन् ।
नयाँ वर्ष नेपालगन्जमै मनाउने गरि नेपालगन्जमा बसिरहेका पूर्वराजाकाे कार्यक्रमकाे तालिका सार्वजनिक गरिएकाे छैन । त्यही भएर पनि बिहान मन्दिर खासै भीडभाड थिएन । पूजा गर्न मन्दिरमा पुगेका नेपालगन्जका मेयर प्रशान्त विष्टसंग पूर्वराजाकाे छाेटाे कुराकानी भएकाे थियाे ।
८.५५ बजे मन्दिरमा अाएका पूर्वराजा पूजा सकिने बित्तिकै बसिरहेकाे साेल्टी हाेटल फर्किएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !