एन्फा कम्युनिटी कोचिङ कोर्ष’ समापन


काेहलपुर – बाँके जिल्लाको कोहलपुरमा आयोजना भएको चारदिने ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा ‘डी’ लाइसेन्सकाे उक्त कोचिङ कोर्ष भएकाे हाे ।

जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की र काेहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद अाचार्यले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्कीले तालिममा सिकेका कुरालाई अरूलाई पनि सिकाउनु पर्नेमा जोड दिइन् । साथै उनले कोहलपुर खेलकुदको हवका रुपमा विकसित हुँदै गएको बताइन् ।

मेयर आचार्यले उद्देश्य अनुरुप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताए । उनले यस्ता प्रशिक्षण सञ्चालन गर्नु कोहलपुरकाे दायित्व रहेको बताए ।

बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३३ जना प्रशिक्षार्थीकाे सहभागीता रहेको थियाे ।

चार दिनसम्म कोहलपुरकाे १३बिघामा सञ्चालन भएको कोचिङ कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिएका थिए । उनीहरुलाई मेयर आचार्यले मायाको चिनोसमेत प्रदान गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !