१९ गतेदेखि काेहलपुरमा एन्फा कम्युनिटी काेर्ष

नेपालगञ्ज – काेहलपुरमा फाल्गुन १९ गतेदेखि एन्फा कम्युनिटी काेर्ष सञ्चालन हुने भएकाे छ ।

काेहलपुर नगरपालिकाकाे अायाेजनामा हुने एन्फा कम्युनिटी काेर्ष सञ्चालन गर्न अखिल नेपाल फुटबल संघले अनुमति दिएकाे छ ।

एन्फाका महासचिव किरण राईका अनुसार, काेर्ष सञ्चालनका लागि एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फा हेड काेच अफ एजुकेशन संजित सिंहलाई संघकाे तर्फबाट प्रशिक्षककाे जिम्मेवारी दिइएकाे छ ।

काेर्ष सञ्चालनकाे बाेधार्थ बांके जिल्ला फुटबल संघलाई दिइएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !