ट्राफिक सप्ताह शुरु


नेपालगञ्ज – नेपालगञ्जमा ट्राफिक सप्ताह शुरु भएको छ ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न शुरु गरिएको ट्राफिक सप्ताहको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको छ ।
गृहमन्त्री श्रेष्ठले ट्राफिक नियमको जानकारी गराउन सप्ताह शुरु गरिएको र सवारी चालक तथा यात्रुले सडक अनुशासन कायम गर्दा दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । उहाँले सशस्त्र जनयुद्धमामा जत्ति नै मानिसको दुर्घटनामा मृत्यु भइरहेको स्मरण गर्दै ट्राफिक सप्ताहको अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।
लुम्बिनीका ट्राफिक प्रमुख एसपी श्यामबहादुर खत्रीले सडक सुरक्षासँग जोडिएका संघ संस्थाको समन्वयमा अभियान सञ्चालन गरिने र यसबीचमा पैदल यात्रीलाई जेब्रा क्रसिङ, सवारी जाँच, यान्त्रिक र सवारी परीक्षण, सचेतना बोर्ड र स्टीकर टाँसिने जानकारी दिनुभयो ।


सात दिनसम्म चल्ने अभियानमा सातै दिन सात वटा कार्यक्रम गरिने कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापाले बताउनुभयो ।
सप्ताहको शुरु गर्नु अघि नेपालगञ्जमा विभिन्न प्लेकार्डसहित ¥याली निकालिएको थियो । वीपीचोकबाट शुरु भएको ¥याली धम्बोझीमा पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।
यसैबीच, नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु भएको छ । सुरक्षा गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको छ । दुई दिने गोष्ठीकोबारेमा भोली पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ । गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको उपस्थिति रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !