विद्यार्थीलाई जुत्ता र माेजा वितरण

नेपालगञ्ज – नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघले विद्यार्थीलाई जुत्ता र माेजा वितरण गरेकाे छ ।

संघले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, संगमटाेलकाे नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई ६६ जाेर जुत्ता र ७२ जाेर माेजा वितरण गरेकाे काेषाध्यक्ष रविन पाैडेलले जानकारी दिनु भयाे ।

संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष कमलप्रसाद पाैडेल, अध्यक्ष कविराम जैसीलगायतले विद्यार्थीलाई जुत्ता र माेजा वितरण गरेका थिए ।

संघले वर्षेनी विपन्न वर्गका विद्यार्थी पढ्ने स्कुलमा यस्ताे सहयाेग गर्दै अाइरहेकाे छ । गतवर्ष खजुराकाे स्कुललाई सहयाेग गरेकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !