माेडेल, जय बागेश्वरी, मोर्डन र ड्रिमल्यान्ड विजयी
नेपालगञ्ज – नेपालगञ्जमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा आइतबार नेपालगञ्ज मोडेल एकेडेमी, जय बागेश्वरी हाईस्कुल, मोर्डन पब्लिक र ड्रिमल्यान्ड हाइस्कुलले जित हासिल गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले कोहलपुरको जीवनज्योति स्कुललाई ७–१ ले सहजै पराजित गरेको छ ।
नेपालगञ्ज मोडेलका लागि बिनोद शाही र रबु मल्लले ह्याट्रिक गरे । उनले खेलको २०औं, ३५औं र ६०औं मिनेटमा गोल गरेका थिए । नेपालगञ्ज मोडेलकै रबु मल्लले ९औं मिनेट, १७ औं मिनेट र ४५औं मिनेटमा गोल गरेका थिए भने खेलको सुरुआतमा रुपेश बोहराले ३ मिनेटमा गोल गरे । जीवनज्योती स्कुलका कृस केसीले १३औं मिनेटमा सान्त्वना गोल गरे । उक्त खेलमा नेपालगञ्ज मोडेल एकेडेमीमा रबु मल्ल म्यान अफ द म्याच घोषित भए । उनलाई एचसीआरसी हस्पिटलका व्यवस्थापक रमेश सिटौलाले गरे ।
आइतबारको दोस्रो खेलमा जय बागेश्वरीले मंगल प्रसाद माविलाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारित समय खेल १–१ को बराबरीमा सकिएको थियो । मंगलका अभिशेक विकले सुरुआतको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको अत्यतिर ५७ अाै मिनेटमा भएको आत्मघाती गोलका कारण खेल बराबरी हुन पुगेको थियो । टाइब्रेकरमा जय बागेश्वरीका अभिशेक राजवंशी, उत्कर्ष साउद र विजय चौधरीले गोल गरे । यता मंगलका अभिशेक विकले मात्र गोल गरेका थिए ।
खेलमा म्यान अफ द म्याच हुन सफल जय बागेश्वरीका गोलकिपर पवित्र थारुलाई रामजानकी गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य जगमोहन कादुले पुरस्कृत गरे ।
तेस्रो खेलमा मोर्डन पब्लिक स्कुलले डाइनामिक स्कुललाई १–० ले पराजित गरेको छ । मोर्डनको जितमा प्रतिक विष्टले ४९औं मिनेटमा निर्णायक गोल गरे । खेलमा मोर्डनका कप्तान विवेक विष्ट घोषित भए । उनलाई धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरले पुरस्कृत गरे । आइतबारको चौथो खेलमा ड्रिमल्यान्ड स्कुलले होलिल्यान्डलाई ३–० ले हरायो । ड्रिमल्यान्डको जितमा विवश न्यौपानेले २४औं मिनेट, सुनिल थापाले ४९औं मिनेट र अजित पुन मगरले ५८औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच हुन सफल ड्रिमल्यान्डका विवश न्यौपानेलाई नेपालगञ्ज उपमहानगरपालिकाको निर्वतमान उपमेयर उमा थापाले पुरस्कृत गरिन् ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।