तीन चाेर प्रहरी फन्दामा


नेपालगञ्ज – बांके प्रहरीले फरक-फरक घटनामा तीन जनालाई चाेरी अाराेपमा पक्राउ गरेकाे छ ।
प्रहरीले नेपालगञ्ज-१५ का गुड्डु जसगढ, नेपालगञ्ज-२२ का हकिकत अलि किङरिया र नेपालगञ्ज – १४ का राजु जसगढलाई चाेरी अाराेपमा पक्राउ गरेकाे हाे ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, गुड्डुले नेपालगञ्ज-९ मा घरमा राखेकाे ईरिक्सा चाेरेका थिए । हकिकतले नेपालगञ्ज मेडिकल कलेजका बिरामी र कुरुवाकाे माेबाइल चाेरेका थिए । राजुले नेपालगञ्ज-१०, भृकुटीनगरमा ने १ ह १०३६ नम्बरकाे ईरिक्सा चाेरेर लैजादै थिए ।


error: यो सुविधा उपलब्ध छैन !