महासंघमा रानाभाटको पदभार


नेपालगञ्ज – नेकपा एमालेसम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।
पुस १३ गते सम्पन्न अधिवेशनले भीमबहादुर रानाभाटको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको थियो ।
एमालेका पोलिटब्यूरो सदस्य एवं बाँके जिल्ला इन्चार्ज खेममान खड्का, केन्द्रीय सदस्यहरु पशुपतिदयाल मिश्र, शान्ति ढकाल, मो. हारुन, लुम्बिनी प्रदेश सदस्य अशोक कर्माचार्य, जिल्ला कमिटि बाँकेका सहसचिव दीपक बर्मालगायतको उपस्थितिमा नवनिर्वाचित अध्यक्ष रानाभाटले पदभार ग्रहण गरेका हुन् ।
महासंघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नवनिर्वाचित अध्यक्ष रानाभाटलाई माइन्यूट हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बाँके इन्चार्ज खड्का, केन्द्रीय सदस्य ढकाल, लुम्बिनीका सदस्य कर्माचार्य, जिल्लाका सहसचिव बर्माले महासंघका नवनिर्वाचित पदाधिकारीहरु व्यापारीको सारथी भएर काम गर्न सुझाव दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष रानाभाटले जिल्लाभरीका सबैलाई समेटेर कार्य समिति ४५ सदस्यीय बनाउने बताउदै आफूहरु पार्टी र व्यापारीलाई जोडेर अघि बढ्ने बताउनुभयो । रानाभाट नेपालगञ्ज उद्योग व्यापार संघका महासचिव पनि हुन् ।


error: यो सुविधा उपलब्ध छैन !