जाडोमा सेनाले मिलायो आगो ताप्ने व्यवस्था


नेपालगञ्ज – नेपाली सेनाले बाँकेको विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
चिसोका कारणले समस्यामा परेका मानिसलाई लक्षित गरेर नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डा र बज्रदल दल गण, इमामनगर ब्यारेकले विभिन्न १२ ठाउँमा आगो ताप्ने व्यवस्था गरेको हो ।
बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १८, १९ र २० तथा जानकी गाउँपालिकाको वडा नं. ५ र ८ को विभिन्न बस्तीमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।


नेपाली सेनाले मानिसको आवतजावत बढी हुने चोक, मन्दिर तथा पिछडिएका गाउँबस्तीमा आगो ताप्ने व्यवस्था मिलाएको बज्रदल गणका गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो । सेनाले विभिन्न ठाउँमा मिलाएको आगो ताप्ने व्यवस्थाबाट सर्वसाधारणले न्यानो हुने अवसर पाएका छन् । विशेष गरेर सुकुम्बासी, पिछडिएको जाती मानिने कुसबधियाले आगो ताप्न पाएका थिए ।
बाँकेमा केही दिनदेखि चिसो बढेको छ । चिसो बढेसँगै केही दिनदेखि जिल्ला प्रशासन कार्यालय, बाँकेले पनि ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !