नौबस्ताका बालबन्दीलाई जाडो लुगावापत नगद


नेपालगञ्ज – नौबस्ता बाल सुधार गृहका बालबन्दीलाई जाडो लुगावापतको नगद रुपैया वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौवस्ता बाल सुधार गृहमा पुगेर बाल सुधार गृहमा रहेका एक सय २ जनालाई जाडो लुगा वापतको एक हजार नौ सय २१ रुपैया दिनु भएको हो । दैनिक सिधाबाहेक बन्दीले जाडो र गर्मीमा लुगावापत पैसा पाउने गर्दछन् ।
तीन दिनअघि बालबन्दीको बीचमा भएको झडपले तनावग्रस्त बनेको नौबस्ता बाल सुधार गृह शान्त भएपछि उनीहरुलाई जाडोमा पाउने पैसा दिइएको छ । पुस १५ गते भएको झडपपछि बाल सुधार गृहबाट १४ जना फरार भएका छन् । त्यहाँ रहेकाहरुलाई एक ठाउँमा नराखेर अलगअलग राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !