पर्यटक बढाउन निकुञ्जमा सफारी


नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्न विभिन्न क्षेत्रका अगुवाहरुले जंगल सफारी गरेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जको सहकार्य र राप्तीसोनारी गाउँपालिकाको प्रवद्र्धनमा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँके च्याप्टरको आयोजनामा सोमबार प्रदेश सांसद, पर्यटन व्यवसायी, उद्योगी व्यापारी, चिकित्सकलगायतले निकुञ्जमा जीप सफारी गरेका हुन् ।


निकुञ्ज कार्यालय परिसर ओभरीबाट जंगल प्रवेश गरेको सफारी झुरीखोलामा निस्केको थियो । त्यसक्रममा बाघको आवाज सुनिएको थियो भने चित्तललगायतका जनावर देखा परेको थियो । निकुञ्जभित्रको रहेको वनपथमा एक दर्जन गाडीले सफारी गरिएको थियो । निकुञ्ज भित्र बनाइएको सोलार जडित पानी पोखरी, मचानको अवलोकन गरिएको थियो ।
निकुञ्जका वार्डेन मनोजकुमार शाहले निकुञ्ज कार्यालय पर्यटन बढाउन लागि परेको र यसप्रकारको कार्यक्रमले त्यसमा टेवा पुग्ने बताउनुभयो ।


नाट्टा, बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बाँकेमा पर्यटक बढाउन जंगल सफारी कार्यक्रम राखिएको बताउनुभयो । केही दिनअघि यही टोली नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिरमा गएको थियो । नाट्टा, बाँकेका अध्यक्ष सिग्देलले बाँके बनाउने अभियान लागिएको र त्यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।


बाँके राष्ट्रिय निकुञ्जमा २५ बढी बाघ रहेका छन् । आहारा प्रजातीका जनावर प्रशस्त छन् । जनावरलाई चाहिने पानी र घाँसको व्यवस्था रहेको छ । यहाँ पर्यटकको आकर्षण भने बढ्न सकेको छैन । हात्ती सफारी रहेको छ । जीप सफारी गरिएको छैन ।


error: यो सुविधा उपलब्ध छैन !