ड्राेनबाट सुरक्षा स्थिति अवलाेकन

नेपालगञ्ज – प्रहरीले नेपालगञ्जमा ड्राेन क्यामेराबाट सुरक्षा स्थिति अवलाेकन थालेकाे छ ।
दशैलाई लक्षित गरि प्रहरीले शहरकाे विभिन्न ठाउंकाे अवलाेकन गरेकाे हाे । बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, दशै लक्षित गरेर ड्राेनबाट गस्ती शुरु गरिएकाे छ । ड्राेनले प्रहरी पुग्न नसकेकाे ठाउंकाे अवलाेकन गर्न सकिने प्रहरीकाे भनाई छ ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जमा बसेर प्रहरीले ड्राेन परिचालन गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !