हट्याे कर्फ्यु र निषेधाज्ञा

नेपालगञ्ज – स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउदै आएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ ।
असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो । त्यसपछि रातीमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो । नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउदै लगेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले कर्फ्यु र निषेधाज्ञाको विषयमा केहीबेरमा नयाँ सूचना आउने जानकारी दिए । ‘एकछिनमा सूचना आउँछ । कर्फ्यु र निषेधाज्ञा हटाउने कुरा छ, सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, आधिकारिकका लागि सूचना पर्खिनुस् ।’
सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो । हिन्दु समुदायको महान पर्व दशैं नजिकिएसँगै बजारमा पहलपहल बढेको र नेपालगञ्ज पुरानै लयमा फर्किएकाले स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाएको स्रोतले बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !