संघले तोक्यो २६ समितिको संयोजक


नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले २६ वटा विषयगत समिति संयोजकको जिम्मेवारी दिएको छ ।
कार्य समिति बैठकले हरेक पदाधिकारी र सदस्यहरुलाई विभिन्न समितिको संयोजककोे जिम्मेवारी दिएको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिनुभयो ।
बैठकले अध्यक्ष टंकबहादुर धामीलाई राजश्व तथा प्रहरी प्रशासन, प्रथम उपाध्यक्ष चिरन्जीवी ओलीलाई उद्योग, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपानेलाई वाणिज्य व्यवसाय, उपाध्यक्ष (महिला) मन्दिरा पाण्डेलाई स्थानीय तह, महासचिवलाई सचिवालय, उपमहासचिव टेकबहादुर खड्कालाई कृषि, पर्यटन र कोषाध्यक्ष मख्खनबहादुर धामीलाई आर्थिक, प्रवक्ता डम्बरबहादुर चन्दलाई प्रचार–प्रसार तथा प्रकाशन-बजार अनुगमन, बरिष्ठ सदस्य अब्दुल जलील मन्सुरीले सीमा बजार व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाउनु भएको छ ।
सदस्यहरु क्रमशः विष्णु श्रेष्ठ सदस्यता अभिबृद्धि, बजार, शिवप्रसाद दाहाल व्यवसायिक तालिम तथा तथ्याङ्क संकलन, इन्दिराकुमारी शाही महिला उद्यमी विकास, तोपबहादुर थापा वन तथा जडीबुटी, सुदन केसी शिक्षा तथा सूचना प्रविधि, युवराज ढकाल हेल्प डेस्क, टीकामणि उपाध्याय दैवी प्रकोप तथा कल्याणकारी, बुद्धिबहादुर बि.के. योजना तर्जुमा तथा कार्यक्रम, सन्तोषकुमार पौडेल स्वास्थ्य खेलकुद तथा वातावरण संरक्षण, कमलकुमार कार्की रोजगारदाता परिषद, युवा स्वरोजगार तथा साना व्यवसाय,  प्रदीपकुमार गुप्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय तथा भ्रमण व्यवस्थापन समितिको संयोजक बन्नु भएकोे छ ।
किशन गुरुङ वस्तुगत व्यवसाय, हिमनाथ पौडेल हाट बजार, उमा ग्राण्डन स्वागत सत्कार, सोनाली गुप्ता हस्तकला तथा घरेलु उद्योग, लगानी प्रवद्र्धन, नन्दराम जैसी व्यवसायिक मेलमिलाप र राजीव तलंगा निर्यात प्रवद्र्धन व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाउनु भएको छ ।
संघको बैठक बस्नु अघि अध्यक्ष धामीले मनोनित गरिएका बरिष्ठ सदस्य अब्दुल जलील मन्सुरी, राजीव तलंगा, नन्दराम जैसी, उमा ग्राण्डन र सोनाली गुप्तालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । बैठकले संघको प्रेस सल्लाहकारमा अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनाललाई मनोनयन गरेको प्रवक्ता चन्दले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !