बैंकिङ कसुरमा पूर्वमन्त्री पक्राउ

नेपालगञ्ज – बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् ।
रुपन्देहीबाट आएको पक्राउ पूर्जीका आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाइदिएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बैंकिङ कसुरमा पक्राउ पूर्जी आएकाले यादवलाई पक्राउ गरेर बुटवल पठाएको जानकारी दिनुभयो । यादवलाई आइतबार साँझ नेपालगञ्जबाट पक्राउ गरिएको थियो ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. १, होलिया निवासी यादव लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री हुन् । यादवविरुद्ध रुपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको छ । यादवले चिनेजानेकै व्यक्तिसँग दश लाख बढी लिएको र त्यो समयमा फिर्ता नगरेको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !