नेपालगञ्जमा निशुल्क एम्बुलेन्स सेवा शुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सोमबारदेखि चौविसै घण्टा निशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।
उपमहानगरपालिकाले नेपालगञ्जमा बसोबास गर्ने गर्भवती, अशक्त, अपाङ्गसँगै विरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन चौविसै घण्टा निशुल्क एम्बुलेन्स सेवा शुरु गरेको हो । नेपालगञ्जका मेयर प्रशान्त विष्टले एक समारोहका बीच निशुल्क एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभयो ।
सो अवसरमा मेयर विष्टले नेपालगञ्जका जनताको स्वास्थ्य संस्थामा पुग्न नसकेका कारण मृत्यु नहोस् भन्ने उद्देश्यले निशुल्क एम्बुलेन्स सञ्चालन गरेको बताउनुभयो । उपमेयर कमरुद्दिन राई र प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले परीक्षणका लागि जनमुखी सेवा शुरु गरेको र यसको प्रभावकारितासँगै अझ सेवा थपिने बताउनुभयो ।


स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा ५ वटा एम्बुलेन्स सधैं तयारी अवस्थामा रहन्छन् । विरामीले फोन गर्ने वित्तिकै ती एम्बुलेन्स जान्छन् र विरामीले भनेको अस्पताल र डाक्टरकहाँ पु¥याइदिन्छन् ।
नेपालगञ्जमा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर उच्च छ । यसमा लुम्बिनी प्रदेशमै बाँके अगाडि आउँछ । गतवर्षमात्रै नौ जना आमाको मृत्यु भएको छ । निशुल्क एम्बुलेन्स सेवाले मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउन सहयोग पु¥याउने चन्दको विश्वास छ ।


error: यो सुविधा उपलब्ध छैन !