क्षेत्रीय कारागार सञ्चालन गर्न माग

नेपालगञ्ज – बाँकेका अधिकारकर्मीले बाँकेको नौवस्तामा बनेको क्षेत्रीय कारागार संचालन र कैदीबन्दीका आधारभुत मानव अधिकार संरक्षणको माग गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यमार्फत प्रधानमन्त्री, गृहमन्त्री र कारागार ब्यवस्थापन बिभागका महानिर्देशकलाई ज्ञापनपत्र पठाउदै अधिकारकर्मीलयस्तो माग गरेका हुन् ।

बाँके मात्रै नभई लुम्बिनी प्रदेशका प्राय सबै कारागारहरुमा क्षमता भन्दा बढी कैदीबन्दी रहेका अवस्थामा बाँकेको नौबस्तामा बनाइएको क्षेत्रीय कारागार र बाँकेको गनापुरमा रहेको खुल्ला कारागारलाई सिघ्र संचालनमा ल्याई कैदी बन्दीको आधारभुत मानव अधिकार उपभोग गर्न पाउने वातावरणको सृजना गर्न माग गरिएकाे छ ।

थुनाकेन्द्रमा अस्वाभिक रुपमा थुनुवाको मृत्युका घटनाको बढोत्तरीलाई रोक्न हरसम्भव सबै उपायहरु अवलम्बन गर्न, हिरासतमा हुने प्रत्येक मृत्युलाई शंकास्पद मानेर त्यसको विस्तृत अनुसन्धान गरि सत्य तथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्यायको प्रत्याभुति दिलाउन पनि माग गरिएको    छ ।

पछिल्लो समय कारागार लगायतका थुना केन्द्रमा कैदीबन्दीको मुत्युका घटनाले पनि निरन्तरता पाएका छन् । बाँके कारागारमा निरजकुमार बनिया गुप्ताको असार २१ गते भएको मृत्यु भएको थियो । यस अघि पनि बाँकेको जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष भित्रै झुण्डिएर दुई थुनुवाको मृत्यु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !