बहुविवाहमा कमरुदिन पक्राउ

नेपालगञ्ज – बांके प्रहरीले बहुविवाह मुद्दामा कमरुदिन खां र रेश्मा खांलाई पक्राउ गरेकाे छ ।

डुडुवा गाउंपालिका वडा नम्बर ३ का ३५ वर्षीय कमरुदिन र त्यही बस्ने २६ वर्षीया रेश्मालाई बांके अदालतले २०७९ फाल्गुन ३० गते कैद र जरिवानाकाे अादेश गरेकाे थियाे ।

अदालतले कमरुदिनलाई १० महिना २९ दिन कैद र ५ हजार, रेश्मालाई एक वर्ष कैद र ५ हजार जरिवाना ताेकेकाे छ ।

अदालतकाे अादेशसंगै फरार रहेका यी दुई जनालाई बांके प्रहरीले अाज पक्राउ गरेकाे हाे । पक्राउ गरिएका व्यक्तिलाई अदालतमा बुझाइएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !