हिरासतबाट भागेका समातिए, छानबिन समिति बन्याे

नेपालगञ्ज – बर्दियाकाे इलाका प्रहरी कार्यालय, ढाेढरीबाट भागेका दुई जना समातिएका छन् ।

ज्यान मार्ने उद्याेगमा यही असार ८ गते पक्राउ परेका मधुवन नगरपालिका वडा नम्बर ५ का अजय नेपाली र राजा नेपाली हिजाे विहान ६.१० बजे हिरासतबाट भागेका थिए ।

फरार रहेका अजयलाई हिजाे दिउंसाे १२.५० बजे मधुवन-५ कै बेलझुण्डी सामुदायिक वनबाट समातिएकाे थियाे । राजालाई अाज बिहान ८.४० बजे त्यहीकाे डांडे सामुदायिक वनबाट समातिएकाे प्रहरी प्रबक्ता हिक्मत बाेहराले जानकारी दिनुभयाे ।

अघिल्लाे राती बत्ती गएकाले खाना बाहिरा निकाल्ने बेलामा डिउंटीमा रहेका प्रहरीले चांबीकाे झुप्पा नजिकै राखेकाे माैका पारेर अजय र राजाले एउटा चांबी निकालेकाे प्रबक्ता बाेहराले बताउनुभयाे । झुप्पाबाट एउटा चांबी निकालेकाे डिउंटीमा रहेका प्रहरी थाहा नपाउंदा उनीहरु बिहान भागेका थिए ।

बर्दिया प्रहरीले घटनाकाे छानबिन गर्न प्रबक्ता डीएसपी बाेहराकाे संयाेजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेकाे छ । समितिले छिट्टै प्रतिबेदन बुझाउने र त्यसका अाधारमा ढाेढरीका प्रहरी कारबाहीमा पर्ने जनाइएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !