उपकरण प्रदान

नेपालगञ्ज – जिआइजेडले डिजिटलाइजेशनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई आवश्यक उपकरण प्रदान गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले आज ती उपकरणहरु ग्रहण गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाबाट छनौट भएका वडाहरुलाई डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराइएको हो । नेपालगञ्ज उपमहानगरपालिकालाई इन्टर्याक्टिभ किओस्क १ थान तथा ४ वटा वडालाई १/१ थान कम्प्युटर र १/१ थान प्रिन्टर प्रदान गरिएको छ । यी उपकरण करिब ९ लाख मूल्य बराबरका हुन् । जिआइजेडको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १, ४, १२ र २० मार्फत प्रवाह गरिने सेवालाई थप प्रभावकारी बनाउनका लागि स्थानीय सार्वजनिक सेवाहरुको डिजिटलाइजेशनसम्बन्धि कार्य परीक्षणको रुपमा सञ्चालन भइरहेको छ ।

उपकरण ग्रहण गर्दैै नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकालाई डिजिटलाइज बनाउने अभियानमा यी उपकरण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै उपमहानगरपालिका र वडाहरुको सेवा प्रवाह अब चुस्तदुरुस्त र छिटोछरितो हुने बताए ।  त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, जिन्सी शाखा प्रमुख कमल चौधरी, आइटी इन्जिनियर घनश्याम बर्मा लगायत उपस्थित थिए ।


error: यो सुविधा उपलब्ध छैन !