साइबर अपराधबारे विद्यार्थीलाई सचेतना

नेपालगञ्ज –  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकादाेले विद्यार्थीलाई साइबर अपराधबारे सचेत गराएकाे   छ ।

नेपालगञ्जका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई बुधबार साइबर अपराधका विषयमा सचेतनामुलक कार्यक्रम गरिएको हाे ।

वडा अध्यक्ष दिपक बर्माले विद्यार्थीमार्फत अभिभावक र समुदायलाई साइबर अपराधबारे सचेत बनाई साइबर अपराधमा कमी ल्याउन सकिने बिश्वास ब्यक्त गर्नुभयाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले इन्टरनेटको प्रयोगका हिसावले पनि युवाहरु बढि देखिएको भन्दै साइबर अपराध नियन्त्रणका लागि युवाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले ब्यक्तिहरु अञ्जानवस वा जानकारीको अभावमा पनि साइबर अपराधमा फसेको भन्दै प्रहरीले सबैको साथ र सहयोग खोजेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालि वडा नम्बर १८ को सहयोगमा डटवक्र्स टेक्नोलोजीज नेपालगञ्जले गरेको कार्यक्रममा पत्रकार झलक गैरे, वडा सदस्य दिग्विजय ढुंगाना लगायतले साइबर अपराध नियन्त्रणमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा डटवक्र्सका प्रबन्ध निर्देशक अर्सदकमल सिद्धिकी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नरेश विकले सहजीकरण गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !