लुम्बिनीमा थपिए तीन मन्त्री, बांकेबाट भण्डारीलाल


नेपालगञ्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले सरकार विस्तार गरेका छन् ।

मुख्यमन्त्री सहित चार जना मन्त्री रहेकाेमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री चाैधरीले सरकार बिस्तार गरेका हुन् । कांग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरि तीन जना मन्त्री थपिएका छन् । कांग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।

बैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चाैधरीलाई भाैतिक पूर्वाधार विकास मन्त्रालय र लाेकतान्त्रिक समाजवादी पार्टीका सन्ताेष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयकाे जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री चाैधरीले आफूसंग तीन वटा मन्त्रालय राखेका छन् ।

खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफू संगै राखेका छन् । भागबण्डा पुर्‍याउन मन्त्रालय र राज्यमन्त्री थप्ने तयारी गरिएपनि मुख्यमन्त्री मन्त्रालय बढाउने बिषयबाट पछि हटेका छन् । अघिल्लो सरकारकाे पालामा रहेका मन्त्रालयहरुकाे संख्यालाई कायम राख्नेगरी मुख्यमन्त्री अघि बढेका छन् । जसपाका यादव बांकेबाट निर्वाचित सांसद हुन् । उनी यस अघिकाे सरकारमा पनि थिए ।


error: यो सुविधा उपलब्ध छैन !