रितेश र कुमारको ह्याट्रिकमा जय किसनको जीत

नेपालगञ्ज – रितेश खड्का र कुमार श्रेष्ठको ह्याट्रिकसहित सैनिकको जय किसन क्लवले प्रथम अमर–अशोक स्मृति भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

बाँकेको खजुरास्थित डीगाउँमा शुरु भएको प्रतियोगितामा जय किसनले न्यू डाँफे क्लव (बी) लाई ९–० गोल अन्तरले पराजित गरेको हो ।
जय किसनको जीतमा रितेश खड्काले ४ गोल, कुमार श्रेष्ठले ३ गोल, विक्की लामा र सन्दीप रानाले एक-एक गोल गरेका थिए ।

प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मन्जु मल्ललगायतले गरेका थिए । ४ गतेसम्म चल्ने प्रतियोगितामा नौ वटा टीमले भाग लिएका छन् । समूह एमा एक्स आर्मी, कोहलपुर–११, जय किसन क्लव, न्यू डाँफे क्लव (बी) र हिमालय सामुदायिक क्लव, समूह बीमा न्यू डाँफे क्लव (ए), बागमति क्लव, न्यू दर्पण क्लव र एफसी संघारी रहेका छन् ।

प्रतियोगिताको विजेतालाई २५ हजार र द्वितिय हुनेलाई १५ हजार पुरस्कार राखिएको छ । प्रतियोगितामा बिहीबार विहान न्यू डाँफे क्लव (ए) विरुद्ध बागमति क्लव, एक्स आर्मीविरुद्ध कोहलपुर–११, अपरान्ह न्यू दर्पण क्लवविरुद्ध एफसी संघारी र जय किसनविरुद्ध हिमालय सामुदायिक क्लवबीचमा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !