कोभिडविरुद्ध दोस्रो बुष्टर डोज दिन शुरु

नेपालगञ्ज – नेपाल सरकारले कोभिड–१९ विरुद्ध दोस्रो बुष्टर मात्रा दिन शुरु गरेको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, शुक्रबारदेखि बाँकेमा यसको शुरुवात भएको छ । नेपालगञ्जको वडा नं. ४ मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र भेरी अस्पतालबाट दोस्रो बुष्टर डोजको शुरुवात गरिएको छ ।

पहिलो चरणमा ५५ वर्षमाथि, १२ वर्षमाथिका दीर्घ बिरामी, गर्भवती र फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई दोस्रो बुष्टर डोज दिइएको छ । यी समूहका व्यक्तिलाई दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुष्टर र पहिलो लगाएको ६ महिना पुगेकालाई दोस्रो बुष्टरको फाइजर खोप दिइने खोपसुपरभाइजर श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा १५ हजार डोज खोप आएको छ । कोभिडको पहिलो र दोस्रो लहरमा हटस्पट बनेकाले बाँकेका कोभिडविरुद्धको खोप कभरेज राम्रो रहेको छ । अहिलेको खोपलाई नियमित लगाएकाले चौथो डोज मानेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !