रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति

नेपालगञ्ज – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।

८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पौडेलले ३३ हजार ८०२ मतभार पाए। उनको पक्षमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत हालेका हुन्। एमालेका उम्मेदवार नेम्वाङले १५ हजार ८१८ मतभार पाए। उनको पक्षमा ९८ संघीय सांसद र १६२ प्रदेश सांसदले मतदान गरे।

प्रदेशतर्फको ५ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा भएको निर्वाचनमा संघीय संसदका ३१३ र प्रदेशसभाका ५१८ सांसदले मत खसालेका थिए।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३४ जना र प्रदेशसभाका ५५० जना सांसद मतदाता रहन्छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहने व्यवस्था छ।


error: यो सुविधा उपलब्ध छैन !