कृष्णमानसहित सात जना सम्मानित

नेपालगञ्ज- नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले नेपाली काँग्रेसका नेता कार्यकर्ताले संगठन सुदृढिकरणमा ध्यान दिनु पर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेस बाँकेको खजुरा गाउँपालिकास्तरीय वार्षिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै सहमहामन्त्री राठौरले काँग्रेसको विचार र सिद्धान्त तल्लो तहसम्म पु¥याउनु पर्ने बताउनु भयो ।

उहाँले काँग्रेसको नीति र सिद्धान्त सही भए पनि तद्अनुरुप व्यवहार हुन नसकेको कुरा उठिरहेकोतर्फ काँग्रेसका सबै तह र तप्काका नेता कार्यकर्ता गम्भीर हुनु पर्ने बताउनु भयो ।

उहाँले राजनीति जनताको हित र भलाईका लागि गरिनु पर्ने भए पनि पछिल्लो समयमा स्वार्थप्रेरित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । जनसेवा र हितका पक्षमा राजनीति गर्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

सहमहामन्त्री राठौरले स्थापित दलहरुसंग जनता टाढिएका कारण स्वतन्त्रका नाममा विचारविहीनहरुले राजनीतिमा हस्तक्षेप गर्न थालेको बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशा विक, प्रदेश सभा सदस्य बादशाह कुर्मी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलले काँग्रेस अरु दल भन्दा फरक छ र जनताका पक्षमा निरन्तर काम गर्दै आएको छ भन्ने कुरा जनसमक्ष पु¥याउनु नेता कार्यकर्ताको काम भएको बताउनु भयो ।

कार्यक्रममा संगठन सुदृढिकरणमा योगदान गरेको भन्दै नेपाली काँग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठसहित ७ जना नेताहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा हरिप्रसाद ढुंगाना, रामबहादुर थापा, धनबहादुर आचार्य, नवराज थापा, खलिल खाँ र रामबहादुर गुरुङ्ग हुनुहुन्थ्यो ।

कार्यक्रम खजुरा पालिका सभापति रमेश सिंजालीको सभापतित्वमा सम्पन्न भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !